Comments Add Comment

संसद् भवनतर्फ जेन–जीको प्रदर्शन, कर्फ्यु आदेश जारी





२३ भाद्र २०८२ , दार्चुला।
भ्रष्टाचार र सामाजिक प्रतिबन्धको विरोधमा उत्रिएका जेन–जी युवाहरूले शुक्रबार काठमाडौँको बानेश्वरस्थित संसद् भवन परिसरमा प्रवेश गरेका छन्।

निषेधित क्षेत्र तोड्दै संसद् भवनतर्फ अगाडि बढेका प्रदर्शनकारीलाई रोक्न प्रहरीले अश्रुग्यास प्रहार गरेको छ। भीड नियन्त्रणका क्रममा केही प्रदर्शनकारी र सुरक्षाकर्मीबीच धक्का–मुक्की समेत भएको बताइन्छ।

शान्तिपूर्ण आन्दोलन हुने भनिए पनि प्रदर्शनकारी संसद् भवनसम्म प्रवेश गरेपछि स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी गरेको छ। प्रशासनले संवेदनशील क्षेत्रमा नागरिकलाई नजिकिन नदिन आग्रह गर्दै सुरक्षाकर्मीलाई कडा निगरानीमा खटाएको छ।

प्रदर्शनकारीले भ्रष्टाचार अन्त्य गर्नुपर्ने, सामाजिक स्वतन्त्रतामाथि लगाइएका प्रतिबन्ध खारेज गर्नुपर्ने लगायतका माग अघि सारेका छन्। हाल संसद् भवन वरपरको वातावरण तनावग्रस्त रहेको र सुरक्षाकर्मीको उपस्थिति बाक्लो बनाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment