Comments Add Comment

ओली–देउवाको ‘डिल’मा गभर्नर!

ओली–देउवाको ‘डिल’मा गभर्नर! योग्यताको होइन, भागबन्डाको खेलले नेतृत्वहीन राष्ट्र बैंक
२२ चैतदेखि खाली कुर्सी, राष्ट्र बैंक ‘हेडलेस’

४ वैशाख २०८२, दार्चुला।
मुलुकको केन्द्रीय बैंक राष्ट्र बैंक २२ चैतदेखि नेतृत्वविहीन बनेको छ। बहालवाला गभर्नर महाप्रसाद अधिकारीको कार्यकाल सकिएसँगै सरकारले नयाँ गभर्नर नियुक्त गर्नुपर्ने संवैधानिक दायित्व पुरा गर्न सकेको छैन।

तर ढिलाइको कारण गभर्नरको योग्यतामा भन्दा पनि सत्तारूढ दलहरूबीचको सहमतिमा रहेको देखिएको छ। विशेषतः एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीचको ‘पावर सेयरिङ डिल’का कारण गभर्नर नियुक्ति प्रक्रिया अलमलमा परेको स्रोतको दाबी छ।

सूत्रहरूका अनुसार ओली र देउवाबीच गभर्नरको कुर्सीको बाँडफाँटबारे पछिल्लो समय गोप्य वार्ता भइरहेको छ। तर, योग्य उम्मेदवारका नाममा विचारभन्दा पनि राजनीतिक नाफाघाटाको अंकगणनामा नियुक्तिको तयारी भइरहेको बताइएको छ। राष्ट्र बैंकजस्तो संवेदनशील संस्थामा समेत योग्यताको मूल्यभन्दा राजनीतिक भागबन्डा हावी हुनु गम्भीर चिन्ताको विषय बनेको छ।

अर्थतन्त्र संकटको अवस्थामा रहँदा राष्ट्र बैंक नेतृत्वविहीन हुनु र योग्य नेतृत्व चयनको सट्टा राजनीतिक सहमतिमार्फत गभर्नर टुंग्याउने प्रयासले अर्थतन्त्रमा थप अन्योलता ल्याउने विज्ञहरूको चेतावनी छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment