गोकुलेश्वर क्याम्पसको स्ववियु निर्वाचनमा सुनिल अध्यक्ष र नवराज सचिव पदमा निर्वाचित
२७ चैत २०८१, दार्चुला।
जिल्लाको गोकुलेश्वर बहुमुखी क्याम्पस गोकुलेश्वरमा स्ववियुको निर्वाचन सम्पन्न संगै अन्तिम मतपरिणाम सार्वजनिक भएको छ।
(नेविसंघ+क्रान्तिकारी) र अनेरास्ववियु बीच भएको प्रतिस्पर्धामा अनेरास्ववियुबाट अध्यक्षका उम्मेदवार सुनिल डागाले १०५ मत ल्याई विजय प्राप्त गरेका छन् भने प्रतिस्पर्धी नेविसंघबाट अध्यक्षका उम्मेदवार नरेश विष्टले १०२ मत पाएका छन्। यस्तै स्वतन्त्रबाट अध्यक्षका उम्मेदवार दिनेश राज पन्तले ११ मत पाए।
यस्तै सचिव पदमा क्रान्तिकारीका (नेविसंघ+क्रान्तिकारी) का उम्मेदवार नवराज भट्ट निर्वाचित भएका छन् भने कोषाध्यक्षमा क्रान्तिकारी कै अम्मरा धामी निर्वाचित भएको निर्वाचन समितिले जानकारी दिएको छ।







