
अपि-४ का वडा अध्यक्ष बोहोराको अठोट, विद्यार्थीलाई स्थानीय सीप हस्तान्तरणमा जोड
२६ चैत २०८१, दार्चुला।
जिल्लाको अपिहिमाल गाउँपालिका वडा नम्बर -४ का वडा अध्यक्ष रबिन्द्र सिंह बोहराले आफु दोस्रो कार्यकालका लागि निर्वाचित भएपछि शिक्षा क्षेत्रमा स्थानीय सीप विकास र उत्पादनमा जोड दिएका छन्।
वि.सं.२०७४ सालको पहिलो स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्रबाट सिंगल नै चुनाव जितेका बोहरा ले २०७९ को निर्वाचन मा भने कांग्रेस संगको गठबन्धनमा चुनाव जितेका थिए। पहिलो कार्यकालमा वडालाई हिलो मुक्त बनाउन पिसिसी बाटोहरु निर्माण गरेका र शिक्षा क्षेत्रको विकासका लागि कस्सिएर लागेका वडा अध्यक्ष बोहराले यो पालि भने पर्यटन प्रवद्र्धन , शिक्षामा स्थानीय सीपमुलक एवम् सीप हस्तान्तरणका क्षेत्रमा कार्य गरिरहेको बताएका छन्।
उक्त कार्यक्रम चैत १९ देखि २४ गतेसम्म वडाको वार्षिक कार्यक्रम अनुसार वडा भित्रका ३ वटा विद्यालयका १८ जनालाई ५ दिनसम्म तालिम चलेको थियो भने सहभागीहरुले आफ्नो जीबनमै फरक अनुभूति भएको बताएका छन्।
विद्यार्थीलाई शिक्षा संगै व्यवहारिक सीप सिकाउने , स्थानीय सामग्री डोको,डालो,टोकरी,निंगालोको दराज बनाउने उद्देश्य अनुरुप उपलब्धी भएको र यो कार्यक्रम निरन्तर गर्ने वडा अध्यक्ष बोहराले जनाएका छन्।














