नौगाड गाउँपालिका: एउटा घरको भान्साकोठा जलेर नष्ट
२२ चैत २०८१, दार्चुला – उपेन्द्र सिंह ठगुन्ना।
नौगाड गाउँपालिका -६ एगरभगेमा एउटा घरमा आगो लागि हुदाँ भान्साकोठा जलेर नष्ट भएको छ।
बिहान ९:३० बजे तिर घरमा आगलागि भएको र स्थानीयहरुको सहयोगमा ११:३० बजेतिर मात्रै आग लागि नियन्त्रण भएको स्थानीय धनसिंह धामीले बताएका छन्।
आगलागीबाट तीन कोठा रहेको घरको भान्साकोठा जलेर पुर्ण रुपमा क्षती भएको गतिशील न्युज का नौगाड संवाददाता उपेन्द्र सिंह ठगुन्ना ले जानकारी दिएका छन्।







