Comments Add Comment

उत्कृष्ट पत्रकारिता पुरस्कारबाट सुदूरपश्चिम दार्चुलाका पत्रकार हरि प्रसाद जोशी सम्मानित

उत्कृष्ट पत्रकारिता पुरस्कारबाट सुदूरपश्चिम दार्चुलाका पत्रकार हरि प्रसाद जोशी सम्मानित

१६ चैत २०८१, दार्चुला।
प्रेस सेन्टर नेपालको पाचौं राष्ट्रिय महाधिवेसन समुद्घाटन सत्रमा उत्कृष्ट पत्रकारिता पुरस्कार -२०८१ बाट सुदूरपश्चिम प्रदेश दार्चुलाका पत्रकार हरि प्रसाद जोशी सम्मानित भएका छन्।

हरि प्रसाद जोशी लाई संघीय लोकतान्त्रिक गणतन्त्र नेपालका प्रथम प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्र का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्मानित गर्नुभएको हो।

जोशी प्रेस सेन्टर नेपाल दार्चुलाको अध्यक्ष, नेपाल पत्रकार महासंघ दार्चुलाको सह-सचिव पदमा हुनुहुन्छ भने www.gatishilnews.com का संस्थापक अध्यक्ष एवम् दार्चुला जिल्लाबाट न्युज २४ टेलिभिजन को संवाददाता का रुपमा काम गरिरहेका छन्।

गरिब दुखिहरुको आवाज बोल्ने राष्ट्रियता को क्षेत्रमा खरो पत्रकारिता गर्दै आएका जोशी आज सम्मानित भएको प्रेस सेन्टर सुदूरपश्चिम प्रदेश का उपाध्यक्ष कर्ण चन्दले जानकारी दिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment