Comments Add Comment

दार्चुला: जीपबाट खसेर घाइते सामन्तको उपचारका क्रममा पिथौरागढमा मृत्यु

दार्चुला: जीपबाट खसी घाइते सामन्तको उपचारका क्रममा पिथौरागढमा मृत्यु

१३ चैत्र २०८१, दार्चुला।
जिल्लाको महाकाली नगरपालिका -९ बस्ने (हिजो १२ गते जीपको ढोकाबाट खस्दा घाइते) भएका ३९ वर्षिय विक्रम सामन्तको भारतको पिथौरागढमा उपचारका क्रममा राति १ बजे निधन भएको खबर छ।

चैत्र १२ गते (हिजो) दार्चुलाको सदरमुकाम खलंगाबाट थाप्लातर्फ गइरहेको चालक मालिकार्जुन गा.पा. वडा नं. २ भगवती बस्ने बर्ष अन्दाजी ४३/४४ को नरेन्द्र धामीले चलाएको  सु.प.प्र. ०४००१ज००९६ नं. को जिपको बिचको दायाँ पट्टीको ढोका खुल्न गई हिजो महाकाली नगरपालिका वडा नम्बर -९ दत्तु स्थित भित्री सडकखण्डमा सामन्त घाइते भएका थिए।

घाईते सामन्तको जिल्ला अस्पताल दार्चुलामा ल्याई उपचार सम्भव नभएपछि भारतको पिथौरागढको लागि रिफर भएको थियो। तर पिथौरागढ लगिएका सामन्तको उपचारकै क्रममा १:०० बजे निधन भएको निजका दाइ रमेश सिंह सामन्तले बिहान ०६:०० बजे जानकारी गराएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment