YCL नेपालको तेस्रो राष्ट्रिय सम्मेलनको दोस्रो दिन बन्द सत्र जारी
दार्चुला, जेठ १९ –शारदा पन्त।
नेकपा (माओवादी केन्द्र) को युवा संगठन योंग कम्युनिस्ट लीग (YCL) नेपाल को तेस्रो राष्ट्रिय सम्मेलनको दोस्रो दिनको कार्यसूचीअनुसार बन्द सत्र जारी छ। राजधानी काठमाडौंस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा सुरु भएको सम्मेलनमा देशभरका १,९४५ प्रतिनिधिहरूको उपस्थिति रहेको छ।
बन्द सत्रमा संगठनात्मक प्रतिवेदन, विधान संशोधन प्रस्ताव, आगामी कार्यदिशा, र नेतृत्व चयन प्रक्रियाबारे गहिरो छलफल भइरहेको सम्मेलन आयोजकले जनाएको छ।
YCL नेपालका सुवोध सेर्पालीले संगठनलाई वैचारिक, राजनीतिक र सांगठनिक रूपमा मजबुत बनाउँदै अगामी दिनमा राष्ट्र निर्माण र समाज परिवर्तनको अभियानमा अग्रसर हुने स्पष्ट धारणा व्यक्त गरेका थिए। उनले युवाहरूको सशक्त र सकारात्मक भूमिकाबारे जोड दिएका थिए।
सम्मेलनमा देशका सातै प्रदेशका प्रतिनिधिहरू, विशेष पाहुना, अतिथि र पर्यवेक्षकहरूको उल्लेखनीय उपस्थिति रहेको छ। बन्द सत्रमा छलफलका आधारमा नयाँ नेतृत्व चयन प्रक्रिया अघि बढ्ने बताइएको छ।
YCL नेपालको यो सम्मेलनले संगठनको भावी दिशा निर्धारण गर्नुका साथै युवा आन्दोलनलाई नयाँ उचाइमा लैजाने विश्वास गरिएको छ। सम्मेलन केही दिनसम्म जारी रहनेछ।



