Comments Add Comment

प्रेस सेन्टर नेपालको पाचौं अधिवेशनबाट कमल गिरी अध्यक्षमा निर्वाचित


प्रेस सेन्टर नेपालको पाचौं अधिवेशनबाट कमल गिरी अध्यक्षमा निर्वाचित

१८ चैत २०८१, दार्चुला।
प्रेस सेन्टर नेपालको पाचौं अधिवेशनबाट अध्यक्षमा कमल गिरी विजयी भएका छन् । काठमाडौंको थापागाउँस्थित काठमाडौं पार्टी भेन्यूमा सम्पन्न मतदानबाट प्रतिस्पर्धी उम्मेदवार दीपेन्द्र रावललाई १ सय ९१ मतान्तरलेपछि पार्दै गिरी विजयी भएका हुन् ।

निर्वाचन समितिका प्रमुख रहेका गोविन्द आचार्यले गिरीले ३ सय ६६ मत प्राप्त गरी अध्यक्षमा विजयी बनेका पुष्टि गरे । त्यस्तै वरिष्ठ उपाध्यक्षमा सुरेशचन्द्र अधिकारी ३ सय ९७ मत ल्याएर विजयी हुँदा उनका प्रतिस्पर्धी सुदिप वर्देवाले १ सय ११ मत पाएका छन्।

यस्तै महासचिवमा मनोज घर्तीमगरले ३ सय ७९ मत प्राप्त गरी विजय भएका छन् । उनका निकटतम प्रतिस्प्रर्धी दिपेन्द्र शर्माले १ सय ४८ मत प्राप्त गरे ।

उपमहासचिवमा ज्ञान प्रसाद पौडेल, सचिव खुलामा सुरेन्द्र चालिसे र सन्तोष देउजा, सचिव महिलामा अन्जली थापा, सचिव समावेशीमा अवतार राई र कोषाध्यक्षमा बसन्त गिरी निर्वाचित भएका निर्वाचन प्रमुख गोविन्द आचार्यले बताए छन् । यी पदहरुमा निर्विरोध नभएकाले मतदानबाट विजयी घोषणा गरिएको आचार्यले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment