Comments Add Comment

सहिद तानसेनका बुबा तुला ठेकरेको निधन, राष्ट्रिय झण्डा ओढाएर पालिकाले गर्यो सम्मान

सहिद तानसेनका बुबा तुला ठेकरेको निधन, राष्ट्रिय झण्डा ओढाएर पालिकाले गर्यो सम्मान

६ पुस २०८१ , दार्चुला।
जिल्लाको अपिहिमाल गाउँपालिका -३ बस्ने समाजसेवी, स्थानीय इतिहासविद्, लेखक , खण्डेश्वरी मावि क्षेत्तीका पूर्व प्रधानाध्यापक एवम् सहिद तानसेन ठेकरेका बुबा तुला ठेकरेको ९० बर्षको उमेरमा बिहीबार दिउँसो २ बजे निधन भएको थियो।

मृतक तुला ठेकरेको क्षेत्तेली भाषा उत्थानमा पनि उत्तिकै योगदान रहेको छ। स्थानीय भाषा मात्रै नभएर धर्म, संस्कृति, वंशावली सम्बन्धि दर्जनबढी पुस्तक प्रकाशन भएका छन्।

मृतक ठेकरेको योगदानलाई स्मरण गर्दै अपिहिमाल गाउँपालिका को कार्यपालिका ले शोक प्रस्ताव पारित गरेको थियो भने पार्थिक शरीरमा राष्ट्रिय झण्डा ओढाएर सम्मान गरेको थियो।

अपिहिमाल गाउँपालिका अध्यक्ष भगतसिंह ठेकरे बोहरा लगायत कार्यपालिका सदस्यहरु समेत शवयात्रामा सरिक भएको एवम् पुरै गाउँले शोक मनाएको पालिका सचिवालय ले जानकारी दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment