अपिहिमालको पर्यटन विकास तथा प्रवर्धन गुरु योजना अन्तिम चरणमा : भगतसिंह ठेकरे
१३ कार्तिक, दार्चुला।
जिल्लाको अपिहिमाल गाउँपालिकाको पर्यटन विकास तथा प्रवर्धन गुरु योजनाको अन्तिम प्रस्तुतिकरण एवम् सरोकारवाला हरुसंगको छलफल कार्यक्रम सम्पन्न भएको छ।
काठमाडौं ठमेल स्थित यात्री हाेटलमा आयोजित कार्यक्रम टानका अध्यक्ष सागर पाण्डे अध्यक्ष्यता, अपिहिमाल गाउँपालिका अध्यक्ष भगतसिंह ठेकरे बाेहराकाे प्रमुख आतिथ्यता तथा पर्यटन बोर्ड, नेपाल पर्वतारोहण संघ, नेपाल पर्वतारोहण एकेडेमी , टान, टुरगाईड एसाेसियसन, नाथम, पर्यटन विभाग, पत्रकार तथा सराेकारवाला निकायहरुकाे उपस्थितिमा कार्यक्रम सन्चालन भएको अपिहिमाल गाउँपालिका अध्यक्ष भगतसिंह ठेकरे बोहराले जानकारी दिएका छन्।
USAID काे आर्थिक सहयोग , TAAN काे प्राविधिक सहयाेग तथा अपिहिमाल गाउँपालिकाकाे सहजिकरणमा निर्माण भैरहेको पर्यटन गुरुयोजनाले अपिहिमालकाे पर्यटन बिकासमा महत्त्वपूर्ण भुमिका खेल्नेछ । अब अपिहिमालकाे पर्यटनलाई व्यवस्थित , दिगाे र गुणस्तरीय बनाउन सबैले लाग्नु पर्नेमा जोड दिइएको छ भने कार्यक्रममा सहभागीहरुलाई गाउँपालिकाले धन्यवाद दिएको जानकारी छ ।








