Comments Add Comment

प्रेस सेन्टर कन्चनपुर अध्यक्षमा पुन: अरुण भट्ट सर्वसम्मत निर्वाचित

प्रेस सेन्टर कन्चनपुर अध्यक्षमा पुन: अरुण भट्ट सर्वसम्मत निर्वाचित

९ माघ २०८१, दार्चुला।
प्रेस सेन्टर नेपाल कञ्चनपुरको अध्यक्षमा पुन: अरुण प्रसाद भट्ट निर्वाचित भएका छन् । मङ्गलबार प्रेस सेन्टर नेपाल कञ्चनपुरको महेन्द्रनगरमा सम्पन्न भएको सातौँ जिल्ला अधिवेशनबाट अध्यक्षमा भट्ट सर्वसम्मत निर्वाचित भएका हुन् ।

भट्ट दोस्रोपटक प्रेस सेन्टर कंचनपुर जिल्लाको नेतृत्वमा आएको हुन ।उपाध्यक्षद्वय धर्मराज कठायत, भास्कर केसी, सचिव हेमा भट्ट , सह सचिव बीरसिह ऐर, खडक कोली, कोषाध्यक्ष डम्बर भट्ट लगायतका १७ सदस्यीय जिल्ला कार्य समिति चयन गरिएको छ ।

प्रेस सेन्टर जिल्ला सल्लाहकारमा युवा पत्रकार डिल्लीराज पन्तको अध्यक्षतामा धुव्रराज अवस्थी, राजेन्द्र विष्ट, विकास सिंह महता, डीएस धामी रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment