दार्चुला नेविसंघ ले बुझायो सिडिओलाई ध्यानाकर्षण पत्र
१९ पुस २०८१, दार्चुला।
नेपाल बिद्यार्थी संघ (नेविसंघ)का विद्यार्थीलेहरु दार्चुलाका प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशी लाई ध्यानाकर्षण पत्र बुझाएका छन्।
महाकाली लोकमार्ग अन्तर्गत सदरमुकाम जोड्ने सडक मनपा-५ किम्तडी स्थित ठन्याकाठा भिरमा अवरुद्ध हुन गई ५ दिनदेखि यात्रुहरू,आसपासका स्थानीय, सडकमा हिँड्ने सर्वसाधारण र विद्यार्थीले दिनहुँ सास्ती खेपिरहेका छन्। उक्त समस्याको यथासिघ्र सामाधान का निम्ति नेविसंघ दार्चुला ले प्रमुख जिल्ला अधिकारी जोशी मार्फत निर्माण कम्पनी लाई सकृयताका साथ सिघ्र सडक खोल्न निर्देशनात्मक पहलकदमीका लागि नेविसंघ दार्चुला बहुमुखी क्याम्पस इकाइ अध्यक्ष प्रकाश बडुको नेतृत्वमा विद्यार्थी नेता/ नेत्री नरिसा कुंवर ,तनिसा निरौंला ,पारस बडाल , बासु बडु र नमुना मा वि इकाइ अध्यक्ष हिमाल पन्त सहितको समूहले ध्यानाकर्षण पत्र बुझाएका हुन् भनि नेविसंघ दार्चुला का कावा अध्यक्ष दिपक खातीले जानकारी दिएका छन्।







