पार्टी पुन:निर्माण गर्न खेदो खन्ने या खुइल्याउने काम बन्द गर्नुपर्छ – जनक बुढा
२३ कार्तिक २०८१ दार्चुला ।
नेकपा (माओवादी केन्द्र) सुदूरपश्चिम प्रदेश कमिटी सचिव जनक बहादुर बुढाले पार्टी निर्माण गर्नुपूर्व माओवादीले माओवादीकै खेदो खन्न या खुइल्याउन बन्द गर्नुपर्छ भनेका छन्।
सचिव बुढाले माओवादी नेता तथा कार्यकर्ताहरुलाई सामाजिक सञ्जाल फेसबुक मार्फत मुख्यतः तीनवटा बुदामा सुझाव दिएका छन्।
✍🏿जनक बुढा:
“केवल माओवादी केन्द्रका नेता कार्यकर्ताको नाममा सार्बजनिक सुझाव : पार्टी मजबुत बनाउन हजारौं सुझाव हुन सक्छ्न ति मध्ये हामीले गर्न सक्ने निम्न कुरामा पनि ध्यान दिने होकि?
(१) माओवादीले माओवादी कै खेदो खन्न या खुइल्याउन बन्द गरौं,
(२) जनता तथा कार्यकर्तामा निरासा होइन आशा बाडौं,
(३) हजारौं समस्याका बावजुद मुलधारका पार्टी मध्ये हिजोदेखि आजसम्म देश तथा जनताको लागि गरेको र गर्न सक्ने पार्टी माओवादी मात्रै हो भन्नेकुरो ह्रदय देखि नै मनन गरौं। यत्ति कुरो मात्रै गर्न सके माओवादी केन्द्रको गुण र मात्रा गुणात्मक हिसाबले बढ्छ भन्ने मेरो धारणा हो।”







