दार्चुलाका सिडिओ जोशीको सरुवा, को आए त नयाँ ?
२१ चैत २०८१, दार्चुला – शारदा पन्त।
दार्चुलाका प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीको गृहमन्त्रालय सरुवा भएको छ।
गृहमन्त्रालय ले बिहिबार जिल्ला प्रशासन कार्यालय दार्चुलाका प्रमुख यज्ञराज जोशी को सरुवा गरी मन्त्रालय पठाएको छ भने काठमाडौं जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी अनिल पौडेललाई दार्चुलाको जिम्मेवारी सुम्पिएको मन्त्रालयले जनाएको छ।
गत वर्ष चैत्र ६ गते कैलालीका सहायक प्रमुख जिल्ला अधिकारीको रुपमा रहेका यज्ञराज जोशीलाई दार्चुलाको प्रमुख जिल्ला अधिकारीको रुपमा पठाएको सरुवा गरि पठाएको थियो भने , ठिक १ वर्ष पछि जोशीको मन्त्रालय सरुवा भएको छ।






