Comments Add Comment

नेकपा दार्चुलाको मालिकार्जुनमा निर्वाचन तयारी बैठक सम्पन्न

नेकपा दार्चुलाको मालिकार्जुनमा निर्वाचन तयारी बैठक सम्पन्न


दार्चुला।
नेपाली कम्युनिष्ट पार्टी दार्चुला को मालिकार्जुन गाउँपालिका मा निर्वाचन तयारी बैठक सम्पन्न भएको छ। अगामी फागुन २१ का लागि हुन गइरहेको निर्वाचन लागि तयारी स्वरुप आयोजित बैठक केन्द्रीय सदस्य विशन सिंह धामी को अध्यक्षतामा, नेपाली कम्युनिष्ट पार्टी दार्चुला का उम्मेदवार लक्ष्मण दत्त जोशी प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।

अगामी निर्वाचनका लागि विभिन्न रणनीतिहरू बैठकले पारित गरेको प्रदेश कमिटी सदस्य हिरा सिंह धामी ले बताए।

बैठकमा पालिकाका जिम्मेवारी नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो भने जिल्लाबाट केन्द्रीय सदस्य ललित सिंह ठगुन्ना, जमन सिंह धामी र पदम राज पन्त को उपस्थिति रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment