Comments Add Comment

मालिकार्जुन आवि गराडीको ३८औं वार्षिकोत्सब तथा अभिभावक दिवस पुस १३ र १४ गते मनाइने

मालिकार्जुन आवि गराडीको ३८औं वार्षिकोत्सब तथा अभिभावक दिवस पुस १३ र १४ गते मनाइने

१० पुस २०८१, दार्चुला।
मालिकार्जुन आधारभूत विद्यालय गराडी को ३८ औं वार्षिकोत्सब तथा अभिभावक दिवस यहि पुस १३ र १४ गते विशेष कार्यक्रमहरु गरी मनाइने जानकारी छ।

जिल्लाको लेकम गाउँपालिका -२ गराडी स्थित श्री मालिकार्जुन आवि गराडीको ३८औं वार्षिकोत्सब लेकम गाउँपालिका अध्यक्ष राम दत्त जोशी को प्रमुख आतिथ्यतामा मनाइने विद्यालयका प्रधानाध्यापक विद्या प्रसाद जोशी ले बताएका छन्।

वार्षिकोत्सब तथा अभिभावक दिवसमा सम्पूर्ण संस्थापक, अभिभावक , बुद्धिजिवी , शिक्षाप्रेमी, भुतपुर्व विद्यार्थी, पुर्व शिक्षक, लेकम गाउँपालिका परिवार, लेकम गापा भित्रका विभिन्न संघ संस्था, छिमेकी विद्यालयहरु, पत्रकार तथा विद्यालयको हित चाहने सम्पूर्णलाई निमन्त्रणा गरेका छौं प्रअ जोशीले बताए।

                    

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment