Comments Add Comment

दुहुँ-५ मा कांग्रेस विजयी: उपनिर्वाचन २०८१



१६ मंसिर २०८१, दार्चुला।
जिल्लाको दुहुँ गाउँपालिका -५ मा सम्पन्न उपनिर्वाचन मा नेपाली कांग्रेस का उम्मेदवार धनसिंह कुँवर विजयी भएका छन्।

कांग्रेसका उम्मेदवार कुँवर ले खसेको मत ८७७ मध्ये ३७६ मत प्राप्त गरी विजय प्राप्त गरेका छन् भने उनका प्रतिस्पर्धी एमालेका उम्मेद्वार मानसिहं बडालले ३५८ मत प्राप्त गरेका छन् यस्तै माओवादी केन्द्र का उम्मेदवार वीर सिंह कार्की ले ९८ मत र स्वतन्त्र उम्मेदवार लाल सिंह कुवँर ले अर्ना चिन्हमा २५ मत प्राप्त गरेका छन्। जम्मा खसेको मतमध्ये २० मत बदर भएको जानकारी छ।

जिल्लाको दुहुँ गाउँपालिका वडा नं ५ मा १६ गते यतिबेला मतदान भएको थियो । बिहान ७ बजेदेखि शुरु भएको मतदान कार्यक्रम बेलुकी ५ बजेसम्म चलेको थियो।
दुर्गा आधारभूत विद्यालय गर्मौरामा क र ख गरी दुइवटा मतदान केन्द्र हरु रहेका थिए।  मतदान केन्द्र क मा गणेश राज विष्ट र ख मा तारा अवस्थी मतदान अधिकृत हुनुहुन्थ्यो भने मुख्य निर्वाचन अधिकृत जिल्ला न्यायाधीश पुष्पराज पाण्डे रहनुभएको थियो।

वडा -५ का वडा अध्यक्ष मनोरथ भट्ट को यहि वर्ष भएको निधन पश्चात् उक्त पदमा उपनिर्वाचन भइरहेको हो। एमाले, कांग्रेस, माओवादी र स्वतन्त्र गरी चार जना यतिबेला चुनावी मैदानमा रहेका थिए।
वडा नं ५ मा जम्मा मतदाता संख्या (६१६ जना पुरुष र ६५६ जना महिला) गरी जम्मा १२७२ रहेका थिए भने, जम्मा मतदाताहरु मध्ये ८७७ मत मात्रै खसेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment