Comments Add Comment

मार्मामा ३ वर्ष प्रशासकीय प्रमुखको जिम्मेवारी निर्वाह गरेका रानाको सरुवा, पालिकाले गर्यो सम्मान


३० कार्तिक २०८१, दार्चुला।
जिल्लाको मार्मा गाउँपालिकाका निर्वतमान निमित्त प्रमुख प्रशासकीय अधिकृत एंव संघिय नायव सुब्बा रामकुमार रानाको भुमि सुधार तथा मालपोत कार्यालय कैलाली सरुवा भएको छ ।

२०७५ मंसिर १ गतेबाट मार्मा गाउँपालिकामा कार्यरत रानाको भुमि सुधार तथा मालपोत कार्यालय कैलाली सरुवा भएपछि गाउँपालिकाले शुक्रवार (आज) एक कार्यक्रमको आयोजना गर्दै उहाको बिदाई गरेको हो। गाउँपालिकाले जनाएको छ।

झण्डै सात वर्ष मार्मा बसेका नायव सुब्बा रानाले तीन वर्ष गाउँपालिकाको प्रशासकीय जिम्मेवारी सम्हाल्नु भएको थियो।

रानाको कार्यसम्पादनको उच्च सम्मान गर्दै गाउँपालिका अध्यक्ष जमन सिंह धामी, उपाध्यक्ष शर्मीला कुमारी चन्द सिंह र प्रमुख प्रशासकीय अधिकृत, ध्रमेन्द्र जोशी लगायत कर्मचारीहरुको उपस्थितिमा अविर खादा सहित प्रशंसा पत्रद्वारा सम्मानित गर्दै बिदाई गरिएको मार्मा गाउँपालिका योजना शाखा अधिकृत रमेश चन्द्र अवस्थीले जानकारी दिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment