Comments Add Comment

मार्मामा (माओवादी केन्द्र)को दोस्रो गाउँ सम्मेलन सम्पन्न, वीरेन्द्र सिंह बोहराको नेतृत्वमा ४५ सदस्यीय कमिटी चयन

मार्मामा (माओवादी केन्द्र)को दोस्रो गाउँ सम्मेलन सम्पन्न, वीरेन्द्र सिंह बोहराको नेतृत्वमा ४५ सदस्यीय कमिटी चयन

२२ मंसिर २०८१, दार्चुला।
जिल्लाको मार्मा गाउँपालिकामा नेकपा (माओवादी केन्द्र) को दोस्रो गाउँ सम्मेलन सम्पन्न भएको छ। दोस्रो गाउँ सम्मेलनबाट वीरेन्द्र सिंह बोहराको नेतृत्वमा ४५ सदस्यीय गाउँ कमिटी चयन भएको जानकारी छ।

वीरेन्द्र सिंह बोहराको नेतृत्वमा, उपाध्यक्ष पूरन सिंह धामी, उपाध्यक्ष महादेव डडाल, उपाध्यक्ष बागमती ठगुन्ना, महासचिव दिपेन्द्र सिंह विष्ट, सहसचिव गणेश सिंह विष्ट, कोषाध्यक्ष इन्द्र ओड गरी सात सदस्यीय पदाधिकारी रहने गरी ४५ सदस्यीय गाउँ कमिटी चयन गरिएको महासचिव दिपेन्द्र सिंह विष्टले जानकारी दिएका छन्।

नेकपा (माओवादी केन्द्र) गाउँ कमिटीका निवर्तमान अध्यक्ष नरबहादुर विष्ट को अध्यक्षतामा आयोजित खुला सत्रमा नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य एवम् जिल्ला इन्चार्ज लक्ष्मण दत्त जोशी को प्रमुख आतिथ्यता रहेको थियो। नेकपा (माओवादी केन्द्र) का वैकल्पिक केन्द्रीय सदस्य जमन सिंह धामी, जिल्ला संयोजक पदम राज पन्त, प्रदेश कमिटी सदस्य  कल्यान सिंह धामी लगायत नेताहरुको आतिथ्यता रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment