
दशैंको मुखैमा १६ वर्षिया किशोरी प्रहरीले नै बेपत्ता पारेपछि
बैतडी, २५ असोज।
जिल्लाको पञ्चेश्वर गाउँपालिका वडा नं २ की १६ वर्षिय किशोरीलाई महाकाली प्रहरी चौकी डिम्मरमा कार्यरत प्रहरी हवल्दार कृष्ण राज जोशीले बिहान पानी भर्ने बेला पधेरो बाटै गायब पारेको किशोरीका आफन्तले बताएका छन्।
आफन्तका अनुसार प्रहरी हवल्दार कृष्ण राज जोशी ले किशोरीलाई मायापिरतिको लोभ देखाएर फकाउने गरेको आरोप छ भने प्रहरी हवल्दार जोशी दिउँसोतिर महाकाली नदी तरेर भाग्ने क्रममा स्थानीयहरुले पक्राउ गरी प्रहरीको जिम्मा लगाएको जानकारी छ। जोशीलाई भगाउनमा दुईजना सोही प्रहरी चौकी जवानहरु पनि रहेको र अहिले जिल्ला प्रहरी कार्यालयबाट प्रहरी टोली घटनास्थलतर्फ पुगेर आरोपित प्रहरी हवल्दार लाई जिप्रका तर्फ ल्याइरहेको जानकारी छ।
किशोरीलाई बलत्कार गरी हत्या गरेको हुनसक्ने आशंका आफन्तहरुको रहेको छ भने जिल्ला प्रहरी कार्यालय बैतडीले भने अहिले नै पुष्टि भइ नसकेको जानकारी दिएको छ।


